भदौ ४, २०८२ बुधबार

राजविराज(सप्तरी), ४ भदौः राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उहाँको     उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान  निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताउनुभयो । 

जनता समाजवादी पार्टीबाट निर्वाचित  उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।