सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । थारू बाहुल्यता रहेका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ । थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छिमेकीबीच माया, सद्भाव र भातृत्व कायम गर्ने पर्वका रूपमा अट्वारी पर्व मनाउने गरिन्छ ।