बिसिआईको निर्णय अनुसार आगामी चैत २७ बाट ईण्डियन प्रिमियर लिग(आईपिएल) सुरु हुने भएको छ ।
भारतका ६ वटा शहरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेञ्जर्स बैंग्लोरविच हुनेछ ।
चेन्नाईमा हुने उद्घाटन खेल अहमदाबादमा फाइृनल खेल राख्दै समापन हुनेछ ।
भारतमा दुई वर्षपछि आईपीएल हुन लागेको हो। बीसीसीआईका अनुसार खेल अहमदावाद, बैंगलोर, चेन्नई, दिल्ली, मुम्बई र कोलकतामा हुनेछ।