काठमाडौँ, ६ भदौ : प्रतिनिधिसभाबाट ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १३ गते शुक्रबार दिउँसो १ः०० बजे बस्ने जानकारी सभामुख देवराज घिमिरेले गराउनुभएको थियो ।