भदौ ६, २०८२ शुक्रबार

बागमती, ६ भदौ : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित कार्की खोला (होमपाइप राखेर आवतजावत गर्न बनाइएको)मा वर्षासँगै आएको बाढीले बगाउँदा आज एक युवक बेपत्ता भएका छन् ।

मकवानपुरगढी गाउँपालिका–७ सुकौरास्थित पसलबाट घरतर्फ जान खोला तर्ने क्रममा खोलाले बगाउँदा स्थानीय २५ वर्षीय विनोद बम्जन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

वर्षासँगै अचानक खोलामा पानीको वहाब बढ्दा आज बेलुका ५ः०० बजेदेखि बम्जन बेपत्ता भएको र उहाँको खोजीका लागि पाँच प्रहरी टोली परिचालन गरी स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।