जनकपुरमा निजी विद्यालयका शिक्षक-शिक्षिकाको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन्।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुमा कक्षा ४ मा अध्ययनरत् सिद्धार्थ ठाकुर घाइते भएका हुन्।
विद्यालयकी शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कुटपिट गर्दा उनको दाहिने हात भाँच्चिएको छ।
सिद्धार्थका बुवा जितेन्द्र ठाकुरका अनुसार गएको बुधबार होमवर्क नबनाएको भन्दै शिक्षिका साहले उनलाई पाइपले निर्घात कुटेकी थिइन्।