भदौ १०, २०८२ मंगलबार

गण्डकी, १० भदौः राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भ्रातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् ।

    ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा ५० युनिट रगत सङ्कलन भएको क्षेत्रीय कार्यालयका प्रमुख ब्रह्माकुमारी सावित्री बरालले जानकारी दिनुभयो । 

    बागलुङ बजारस्थित ओम शान्ति भवनमा आयोजित रक्तदान कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातिकाजी लामिछाने, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । 

    ‘विश्व एकता र भ्रातृत्वका लागि रक्तदान’ भन्ने आदर्श वाक्यसहित नेपाल, भारतसहितका मुलुकमा विशाल रक्तदान शिविरको आयोजना भइरेहको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङका प्रमुख बरालले जानकारी दिनुभयो ।