काठमाडौँ, १२ भदौःअमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा तिनमा प्रयोग हुने प्रविधि प्रदान गरेको छ ।
बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई ती उपकरण हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा प्रहरी महानिरीक्षक थापाले प्राप्त आधुनिक उपकरण र प्रविधिले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने बताउँदै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारीे बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत थम्सनले अमेरिकी सहयोगबाट नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा योगदान पुग्ने बताउनुभयो ।