भदौ १२, २०८२ बिहिबार

क्विटो, १२ भदौ (एएफपी): दक्षिणी इक्वेडरको एन्डीज पर्वतीय क्षेत्रमा बुधबार एउटा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका इक्वेडरको आपतकालीन सेवाले जनाएको छ ।

उहाँले भन्नुभयो, “नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयले घाइतेको आधिकारिक सङ्ख्यालाई सङ्कलन गरिरहेको छ,” सेवाले यात्रुहरूको सङ्ख्या निर्दिष्ट नगरी एक विज्ञप्तिमा जनाएको छ ।

 घाइतेहरुलाई रियोबाम्बा र कोल्टास्थित स्वास्थ्य केन्द्रमा लगिएको छ ।

इक्वेडरमा सन् २०२५ को जनवरीदेखि मे महिनासम्म सडक दुर्घटनाका कारण ५६५ भन्दा बढीको मृत्यु भएको छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा सडक दुर्घटनामा परी दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।