भदौ २१, २०८२ शनिबार

मनाङ, २१ भदौ: मनाङमा घुम्ति शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरिएको छ । 

    सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै जिल्लाका अशक्त तथा ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले घुम्ति शिविर सञ्चालन गरेको हो । 

जिल्ला सदरमुकाम चामेबाट गरिब २ घण्टाको दूरीमा ङिस्याङमा एकदिने घुम्ति शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । शिविरबाट ६५ जनाभन्दा बढीलाई घरछेउमै पुगेर राष्ट्रिय परिचयपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

    गाउँपालिकाको समन्वयमा त्यहाँका सबै वडाका अशक्त ज्येष्ठ नागरिकलाई अग्रीम जानकारी दिएर परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको थियो । जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि एक ‘सेट’ उपकरण र एक जना प्राविधिक कर्मचारी मात्र रहेकाले सार्वजनिक बिदाको दिन पनि घुम्ति शिविर सञ्चालन गरिएको प्रजिअ पौड्यालले बताउनुभयो । जनताको घरदैलोमै पुगेर यो सेवा निरन्तर सञ्चालन गरिने उहाँको प्रतिबद्धता छ । 