काठमाडौँ, २३ भदौ : नयाँ बानेश्वर केन्द्रित ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको छ ।
आज बिहान माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि निषेधित क्षेत्र तोडी नयाँ बानेश्वर पुगेको थियो ।
नयाँ बानेश्वरमा प्रदर्शनकारीले संसद् भवन परिसरमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रदर्शनकारीले संसद् भवनको पर्खाल तोडफोड र प्रहरी बिटमा आजगनी गरेका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनाँै राउण्ड अश्रु ग्यास प्रहार र हवाई फायर गरेको थियो ।
---