काठमाडौँ, २३ भदौः काठमाडौँ महानगरपालिकाले जेन-जी पुस्ताको नाममा आज भएको प्रर्दशनका क्रममा घाइते भएकाहरुलाई अस्पताल पुर्याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ ।
कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ ।
माइतीघर मण्डलादेखि बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारी र सुरक्षाकर्मीको उपचारमा थप सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्सको व्यवस्था गरेको महानगरपालिकाले जनाएको छ ।
अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको खबर पाएपछि कामपाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा आवश्यकताअनुसार बिरामीलाई अस्पतालसम्म लैजाने काम गरिरहेको बताउनुभयो ।
धेरैजसो घाइतेहरूको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र महाँकालस्थित ट्रमा सेन्टर, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताललगायतमा उपचार भइरहेको छ ।