काठमाडौँ, २३ भदौः नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले आज जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारमा एम्बुलेन्ससहित खटिएका प्राथमिक उपचार टोलीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
शाखाका सभापति श्यामकाजी डोटेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा काठमाडौँको मध्यबानेश्वरमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स र प्राथमिक उपचारमा खटिएका टोलीमाथि अभद्र व्यवहार र ढुङ्गा प्रहार गरिएको घटनाले दुःखी तुल्याएको उल्लेख छ ।
“घाइतेको उपचार, अस्पतालसम्म पु¥याउने र रगतको व्यवस्थापनका लागि खटिएका रेडक्रसकर्मी र रेडक्रस चिन्ह अङ्कित एम्बुलेन्सलाई सेवा प्रदान गर्न सबैले सहयोग गरिदिनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध गर्दछौँ”, जारी विज्ञप्तिमा भनिएको छ ।