राजविराज (सप्तरी), २३ भदौ : यहाँको तिलाठी कोइलाडी गाउँपालिकाका उत्कृष्ट दुई विद्यार्थीलाई अमरनाथ झा स्मृति पुरस्कार–२०८२ प्रदान गरिएको छ ।
पूर्व शिक्षक झाको स्मृतिमा अमरनाथ झा मेमोरियल ट्रष्टले आज यहाँ एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेको हो । विसं २०८१ को एसइई परीक्षामा पालिकामा सर्वाधिक अङ्क ल्याउने एक छात्र र एक छात्रालाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा छात्रतर्फ जनता माध्यमिक विद्यालय तोपाका ओमनारायण यादव र छात्रातर्फ पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीकी पल्लवी ठाकुर छन् । उनीहरूलाई जनही रु २५ हजार ५०० नगदसहित सम्मानपत्र पत्र प्रदान गरिएको छ ।
प्रत्येक वर्ष वितरण गरिने अमरनाथ झा स्मृति पुरस्कार पाँच विधामा दिने ट्रष्टको योजना रहेको ट्रष्टका अध्यक्ष राजीवकुमार झाले बताउनुभयो ।