भदौ २५, २०८२ बुधबार

ताप्लेजुङ, २५ भदौः जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुईवटा घर पुरिएका छन्भने दुई जना बेपत्ता भएका छन् ।
 
    गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छभने एकलाई सामान्य चोट लागेको छ । निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । निरन्तरको वर्षाले पहिरो खसेको हो ।