भदौ २६, २०८२ बिहिबार

काठमाडौँ, २६ भदौः अन्तररास्ट्रिय मैत्रीपूर्ण फुटबल  खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली आज  स्वदेश फर्किएको छ ।

    बङलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोलि  ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिनुभयो । मङ्गलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण   रोकिएको थियो ।

    यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको  थियो । त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।