काठमाडौँ, २८ भदौः शब्दयात्रा प्रकाशनले लेखक महेश्वर खनाल (काठमाडौँ) लाई २०८२ सालको ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।
प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार प्रकाशनको आजको बैठकले उक्त निर्णय गरेको हो । सम्मानको कोष व्यवस्थापन समाजसेवी सुदर्शन आचार्यले गर्दै आउनुभएको छ । आगामी असोज ११ गते एक कार्यक्रमका बीच लेखक खनाललाई सम्मान गरिने छ ।