असोज ३, २०८२ शुक्रबार

पाटन (ललितपुर), ३ असोजः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ ।

    गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो ।
    
    उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेर धारणा राख्नेक्रम जारी छ ।