असोज ३, २०८२ शुक्रबार

सुदूरपश्चिम, ३ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
  
आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उहाँले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गर्नुभयो ।  
  
‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले गहिरो चोट र पीडा महसुस भएको भन्दै मुख्यमन्त्रीले शाहले अब ‘जेनजी’को भावनाबमोजिम सुशासनयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माण, शान्ति, स्थिरता र विकासलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकार प्रदर्शनका क्रममा शहादत दिएका व्यक्तिका परिवार र घाइतेसँगै उभिएको बताउनुभयो । 
  
सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूको भावनाको कदर गर्दै नयाँ नेपाल निर्माणमा देखिएका समस्याको समीक्षा गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
  
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अब शान्ति, समृद्धि र पुनःनिर्माणका लागि एकजुट भएर लाग्न सबैलाई आह्वान गर्नुभयो ।