असोज १८, २०८२ शनिबार

काभ्रेपलाञ्चोक, १८ असोजः शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल,  काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोेकेको  छ । 

यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिनुभयो । 

 यसैबीच, पहिरोका कारण बिहानदेखि  अवरुद्ध अरनिको राजमार्ग एकतर्फी  सञ्चालन भएको छ । धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ ।