असोज १९, २०८२ आइतबार

काठमाडौँ, १९ असोज : पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ । 

    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो । 
 
        पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने उहाँले बताउनुभयो ।
 
    यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।