असोज १९, २०८२ आइतबार

काठमाडौँ, १९ असोजः जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ । 

    बाढीको जोखिम भएका स्थानका  सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभागका बाढीविद् विनोद पराजुलीले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “शनिबार हामीले ५० लाख एसएमएस पठायौँ । परिणामस्वरुप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो ।”

    पूर्वसूचना प्रणालीलाई  प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उहाँले बताउनुभयो ।