बागमती प्रदेशका ३२ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशका १८ लाख ७० हजार ७०० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन्।
मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशका ११ लाख ७६ हजार २०४ ले भेरोसेल, तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन तथा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड खोप लगाएका छन्।
प्रदेशमा १८ वर्षभन्दा माथि उमेर समूहका का ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्धको खोप अझै लगाउन पाएका छैनन्। १८ वर्ष मुनिका बालबालिकाले मुलुकभर कतै पनि एक जनाले पनि खोल लगाएका छैनन्।
बागमती प्रदेशमा परीक्षण गरेका चार लाख २५ हजार ७९२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये हालसम्म चार लाख १० हजार २६८ अर्थात् ९६।३५ प्रतिशत कोरोना सङ्क्रमण मुक्त भएको बताइएको छ। कोरोनाको सङ्क्रमणबाट प्रदेशभित्र चार हजार ३७२ को मृत्यु भएको मन्त्रालयले जनाएको छ।