असोज २७, २०८२ सोमबार

काठमाडौँ २७ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । 

पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो । 

बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने उहाँले बताउनुभयो । साथै, यही असोज ३१ गते गर्न बस्न लागेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकको कार्यसूची तयार गरिने जनाइएको छ ।