असोज २८, २०८२ मंगलबार

\झापा, २८ असोजः फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला लागाइदिने प्रचलन सुरु भएसँगै माग बढेको हो । 

    विर्तामोड नगरपालिका–७ का फूल किसान विवेक साहले तिहारका लागि दैनिकजसो माग गर्नेको सङ्ख्या बढिरहेको बताउनुभयो । उहाँले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । सयपत्री फूलको ८० हजार बिरुवा रोप्नुभएका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताउनुभयो । उहाँले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी प्रदान गर्नुभएको छ ।

    “तिहारका लागि धमाधम माग आइरहेका छन्”, साहले भन्नुभयो, “गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट ग¥यो । मागअनुसार पु¥याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।” उहाँको ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियोे ।

    उहाँले हाल दैनिक दुईदेखि ३०० माला बिक्रीका लागि विर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताउनुभयो । उहाँको फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ । 

    साहले प्रतिमाला रु ५० का दरले बिक्री गर्दै आएको जानकारी दिनुभयो । हालसम्मको मूल्य रु ५० भए तोकिए पनि तिहारमा अवस्था हरेर मूल्य कायम गरिने उहाँको भनाइ छ । “हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उहाँले भन्नुभयो, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।”

    उहाँका अनुसार एकपटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ । उहाँले एकपटकको टिपाइबाट २० हजार बढी माला हुने बताउनुभयो । उहाँले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको भन्दै पानीका कारण लक्ष्य पूरा नहुनेमा चिन्ता व्यक्त गर्नुभयो । 

    पहिलोपटक फूलखेती गर्नुभएका साहले भन्नुभयो, “फूल फलाउनु मात्र पर्दोरहेछ, ग्राहकको अभाव नहुने रहेछ । यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ ।” 

    यसैगरी, विर्तामोड नगरपालिका–९ मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गर्नुभएको छ । उहाँले केही फूल दसैँमा बिक्री गरिसकेको बताउनुभयो । उहाँको बारीमा ढकमक्क फूलको सयपत्रीमा पनि पानीका कारण क्षति पुगेको छ । 

    “तिहारका लागि साचेर राखेको करिब रु दुई लाख ५० हजारको फूल पानीका कारण नष्ट भयो”, पौडेलले भन्नुभयो, “धेरै माग आएको थियो अब पु¥याउन सक्ने स्थिति छैन ।” उहाँले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै माग बढेको बताउनुभयो ।

    उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । जिल्लाको विर्तामोड, बाहुनडाँगी, गौरादहलगायत स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ ।