काठमाडौँ, २८ असोजः गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्नेलगायतका माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढाको अनशन तोडाउनुभएको छ ।
बुढा विभिन्न माग राखेर चार दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्दै आउनुभएको थियो । गृहमन्त्री अर्यालले अनशनस्थलमा पुगेर अनशनरत बुढालाई पानी पिलाएर अनशन तोडाउनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँ विभिन्न तीनबुँदे माग ब्यानरमा राखेर अनशन बस्नुभएको थियो ।
अनशन तोडाउँदै गृहमन्त्री अर्यालले पीडितको निवेदन आइसकेकाले दोषीलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको ।