काठमाण्डौ क्षेत्रका चर्चित एबम सबैको मन मुटुमा बस्न सफल भएका लोकदोहोरी गायक रामशण आलेको एकपछी अर्को गित हिट हुँदै गएको छ । पछिल्लो समय भर्खरै ‘बासको ढोका’ लोकदोहोरीको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
काठमाण्डौ क्षेत्रमा मौलिकपन ल्याउन संघर्षरत शम्भु नेपालको उत्कृष्ट लय तथा शब्द सिर्जनामा तयार भएको बाँसको डोको बोलको गीतमा रामसरण आले ,केशब श्रेष्ठ केबल र सिर्जु अधिकारीको सुमधुर आवाज रहेको छ। उक्त म्युजिक भिडियोमा प्रकाश राज तमाङ ,अनिता बस्नेत (मास्टर्नी) र केदार न्यौपानेको दमदार अभिनय रहेको छ।
भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन भने अमोन रानाको कोरियोग्राफर रहेको छ। सम्पादन रोशन धितालले गरेका छन यस गीतमा बिष्णु तामाङको यरेन्ज रहेको छ ।
आलेको यस अघिको चर्चित गीत “घैया मकै” गीतले दर्शक तथा श्रोताको मन जितिसकेका छन् । “बाँसको डोको” गीत शिवपुरी म्यूजिकको अपिसियल युट्युब च्यानल मार्फत बजारमा आएको छ।