वीरगञ्ज (पर्सा), ३० असोज : ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पु-याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर रक्तदान कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।
‘‘प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ,’’ पर्सा प्रहरी प्रमुख पाठकले भन्नुभयो, ‘‘बुधबार विभिन्न धार्मिकस्थलहरुमा सरसफाई ग¥यौँ । आज रक्तदान कार्यक्रम गरेका छौँ । भोलि प्रहरी दिवसको मुल कार्यक्रम गर्ने तयारी छ ।’’