असोज १, २०७८ शुक्रबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफू मातहतका सबै क्याम्पस, विभाग र स्कूलहरूलाई असोज १ गते आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना निकालेर त्रिविअन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूले पालिकाहरूले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी पालिकासँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी र सतर्कता अपनाइ आजदेखि सम्भव भएसम्म भौतिक उपस्थिति गराइ कक्षा सञ्चालन गर्न भनेको हो । यसबारेमा त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।