कात्तिक २, २०८२ आइतबार

काठमाडौँ, २ कात्तिकः नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ कवि जसराज किराती (खोटाङ) लाई ‘विशिष्ट प्रतिभा सम्मान –२०२५’ प्रदान गर्ने भएको छ ।

यसैगरी युवा पत्रकार तथा लेखक धनुषा, जनकपुरधामकी विजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार –२०२५’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव चोक गुरुङले जानकारी दिनुभयो ।  

दुवै पुरस्कारको राशी रु एक लाख नगदसहित ताम्रपत्र रहेको छ । बेलायत कर्मथलो बनाएका नेपाली स्रष्टाहरूले सन् २००८ मा स्थापित गरेको प्रतिष्ठानले हालसम्ममा नवीन विभास, कुबेर राई, उपेन्द्र सुव्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, वीवी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रिन, प्रदीप मेन्याङ्बो र सन्ध्या सुब्वालाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ ।

यसैगरी अग्रज स्रष्टाहरू ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथीश्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, राजेन्द्र बिमल, डा कृष्णहरि बराल, दीप श्रेष्ठ, गणेश रसिक र राजेश्वर थापालाई प्रतिभा सम्मान प्रदान गरिसकेको छ ।