कात्तिक १७, २०८२ सोमबार

मुग्लिन (चितवन), १७ कात्तिकः सुक्खा पहिरोका कारण  अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९  बजे  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

 सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै  सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।