कात्तिक २६, २०८२ बुधबार

मुग्लिन (चितवन), २६ कात्तिकः  मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका  कर्णबहादुर प्रजा  र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए ।  जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।