मंसिर ३, २०८२ बुधबार

काठमाडौँ, ३ मङ्सिर : न्यूजील्यान्डमा हुने ‘उसु हिरोज’ प्रथम अन्तरराष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन आज चार खेलाडी न्यूजील्याण्डको अकल्याण्ड प्रस्थान गरेका छन् । नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

    विजय सिञ्जाली, पासाङ शेर्पा, निमा घर्तीमगर र जुनु स्याङ्बो लामाले प्रतिस्पर्धा गर्नेछन् । विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन् ।

    टोलीलाई नेपाल उसु महासङ्घका उपमहासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते आजै यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

    प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्यूजील्याण्डमै रहने उप–महासचिव महर्जनले जानकारी दिनुभयो । प्रशिक्षणले २०औँ एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ, व्यवस्थित र सहज बनाउने उपमहासचिव महर्जनले बताउनुभयो ।