मंसिर ४, २०८२ बिहिबार

काठमाडौँ, ४ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रवि  बोपाराले दोस्रो अर्धशतक बनाएका छन् । 

    लुम्बिनी लायन्सबिरुद्ध आजको खेलमा बोपाराले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन् । उनले आजको खेलमा ५५ बल खेल्दै तीन छक्का र चार चौका हान्दै ६६ रनको योगदान दिए । बोपारालाई रुबेल ट्रम्पलम्यानले दिलिप नाथले क्याच आउट गराए । यसअघि बोपाराले यही मङ्सिर २ गते कर्णाली याक्सविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए । इङ्गल्याण्डका बोपारा दोस्रो पटक  चितवनबाट एनपिएल खेलिरहेका छन् ।

    जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सका हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम र मार्टिन गुप्टिल, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल, कर्णाली याक्सका प्रियाङ्क  पञ्चाल र  जनकपुर  बोल्ट्सका आशिफ शेखले अर्धशतक बनाएका छन् । 
–––