मंसिर ६, २०८२ शनिबार

गोरखा, ६ मङ्सिरः बारीभरि लटरम्मै किवीपाक्नथालेपछि उत्तरी गोरखाको धार्चे–२ रुञ्चेतका किसानहरू दङ्ग छन् । किबी बेचेर गतवर्ष राम्रो आम्दानी गरेका यहाँ काकिसान यसवर्ष पनि त्यो भन्दा धेरै आम्दानी हुने आशामा छन् ।

    “हाम्रो गाउँका १८ जना किसानले व्यवसायिक रूपमा किवीलगाएका छन्”, स्थानीय वीरबहादुर गुरुङ भन्नुहुन्छ, ‘कसैले एक, दुई रोपनीमा लगाएका छन् । कसैले १२, १३ रोपनीमा पनि लगाएका छन् । मैले आठ रोपनीमा लगाएको किवी पोहोर आठ क्वीण्टलै बेचेँ । अहिले पनि त्योभन्दा राम्रो भएको छ ।’ गाउँका किसानले एक क्वीण्टलदेखि १२–१५ क्वीण्टलसम्म किवी उत्पादन गर्ने गरेका उहाँको भनाइ छ ।

    गाउँमै सबैभन्दापहिले किवी खेती सुरु गरेका किसान कामीराम गुरुङले पनि दुई रोपनीमा किवी फलाएका छन् । गतवर्ष एक क्वीण्टल बेचेको भन्दै उनी यसपटक पनि त्योभन्दा धेरै बेच्ने योजनामा छन् ।

    हावापानी सुहाउँदो भएकाले विगत आठ वर्षदेखि व्यवसायिक रूपमा किवी खेती गर्न थालेको उहाँको भनाइ छ ।

    सुरुका वर्षमा बजारको समस्या भए पनि गतवर्ष यता व्यापारीसँग सम्पर्क भएपछि बजारको समस्या छैन । तर बजारसम्म पु¥याउने बाटोको भने समस्या भएको कामीराम गुरुङको भनाइ छ । यसवर्ष बेमौसमी वर्षापछिको पहिरोले बाटोको समस्या बनाएको उहाँको भनाइ छ । ‘यसपटक पहिरोले साह्रै समस्या बनायो । दुई पटकसम्म पहिरो मर्मत गरेपनि गतकात्तिक पहिलो हप्ता परेको वर्षापछिको पहिरोले मर्मत गर्नै नसकिने गरी बाटो बिगा¥यो’, उहाँले भन्नुभयो, “डोकोमाबोकेर साध्यै छैन । कसरी बजारसम्म पु¥याउने भन्ने समस्या भयो ।”

    फेज नेपाल नामक संस्थाको सहयोगमा कामीराम गुरुङले २०७४ सालमा लगाएपछि गाउँले त्यसतर्फ आकर्षित भएका थिए । अहिले सबैको बारीभरि किबी लटरम्मै फलेको छ । 

    किसानको किवी बजारसम्म पु¥याउन बाटोको समस्या भएको वडाअध्यक्ष सरोज गुरुङको भनाइ छ । ‘हामीले सडक मर्मत गर्न सकेसम्म पहल गरिरहेका छौँ’, उहाँ भन्नु हुन्छ, ‘यसअघि पनि दुई पटकसम्म मर्मत गरेको हो । फेरि पनि बनाउँछौँ ।’