मंसिर ६, २०८२ शनिबार

काठमाडौँ, ६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरेका छन् । 

    वाटले ४१ बलमा १०१ रनको विस्फोटक पारी खेलेका छन् । २९ बलमा अर्धतक पूरा गरेका उनले थप १२ बल खेल्ने क्रममा शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा उनले १० छक्का र ६ चौका प्रहार गरे ।

    एनपिएलको जारी संस्करणमा यो पहिलो शतक हो । जीतका लागि लुम्बिनी लायन्सले १५७ रनको  लक्ष्य पछ्याउने क्रममा वाटले विस्फोटक ब्याटिङ गरेका हुन् ।