सुरुङ्गा (झापा), ६ मङ्सिरः माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियाको करेन्ट लागेर ज्यान गएको हो । आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेको पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् ।