काठमाडौँ, ९ मङ्सिरः नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ ।
फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतले आयोगमा उपस्थित भई मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि कर्णाली प्रदेश सम्पर्क व्यक्ति बोगटीले आयोगलाई आफूहरुले उक्त मागपत्र बुझाएको बताउनुभयो । सरकारले कानुनी तथा प्राविधिक जटिलताको बहानामा संवैधानिक हकबाट वञ्चित गर्न नहुने मागपत्रमा उल्लेख छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनदेखि नै प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने उनीहरुकोे माग छ ।