मंसिर १०, २०८२ बुधबार

मकवानपुर, १० मङ्सिर : बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको बकैया गाउँपालिका–५ र ६ स्थित कर्मचुली जुइना जोेड्ने पक्की पुलको आज शिलान्यास गर्नुभएको छ । सो पक्की पुल निर्माणका लागि प्रदेश सरकारले रु छ करोड ८९ लाख र ४९ हजार अनुदान रकम उपलब्ध गराएको छ । 

    पुल निर्माण भएपछि त्यस भेगका करिब ८००  घरधुरी र स्थानीय विद्यार्थीलाई सुविधा उपलब्ध हुने स्थानीय बकैया गाउँपालिकाको अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । सो पक्की पुल १२० मिटर लम्बाइको निर्माण हुनेछ । 

    सो अवसरमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपन्न जनताको आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार विकासलाई प्रदेश सरकारले उच्च प्राथमिक राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको विभिन्न योजनामा रु १० लाखभन्दा माथिको बहुवर्षीय योजनालाई अब प्रदेश सरकारले ठेक्का प्रर्णालीबाट निर्माण गर्ने नीति रहेको उल्लेख गर्नुभयो । 

    त्यस अवसरमा बागमती प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री डा दिनेशचन्द्र देवकोटाले आर्थिक, सामाजिक, रुपान्तरका लागि उत्पादनसँग जोडिनुपर्नेमा जोड दिँदै यातायात क्षेत्रको प्रवद्र्धन गर्न प्रदेश सरकारले लागिपरेको बताउनुभयो ।