मंसिर १०, २०८२ बुधबार

इन्डोनेसिया, १० मङ्सिरः इन्डोनेसियाविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ सकिँदा नेपालले अग्रता बनाएको छ ।

इन्डोनेसियाको मागुवोहार्जो स्टेडियममा आज जारी खेलको पहिलो हाफ सकिँदा नेपालले १–० गोलको अग्रता बनाएको हो । खेल निकै प्रतिस्पर्धात्मक रहे पनि अग्रता भने नेपालले इन्डोनेसियाकै आत्मघाती गोलबाट पायो । पहिलो हाफको मध्यतिर इन्डोनेसियाकी डिफेन्डर भिभी ओकताभी रिस्कीले ‘क्लियर’ गर्न खोजेको बल आफ्नै जालीभित्र पुगेपछि नेपालले १–० को अग्रता बनाएको हो  । उक्त आत्मघाती गोलपछि नेपाली टोली थप आत्मविश्वासका साथ खेलिरहेको छ ।

अब दोस्रो हाफ सुरु हुन बाँकी छ, जहाँ इन्डोनेसिया बराबरीका लागि आक्रामक आउने सम्भावना उच्च छ, भने नेपाल आफ्नो अग्रता जोगाउन प्रतिबद्ध रहेको छ । जारी खेलको पहिलो हाफमै वर्षाले मैदान चिप्लो बनाएको थियो, तर दोस्रो हाफको सुरुआतसँगै वर्षा झनै बढेको छ ।