मंसिर ११, २०८२ बिहिबार

वीरगञ्ज (पर्सा), ११ मङ्सिरः वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा  रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् । 

गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।  

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।