पोर्न फिल्म’ बनाएको आरोपमा पक्राउ परेका भारतीय व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्र धरौटीमा रिहा भएका छन्।
सोमबार साँझ उनलाई मुम्बई अदालतले धरौटीमा रिहा गरेको भारतीय सञ्जारमाध्यममा उल्लेख छ।कुन्द्रलाई ५० हजार भारतीय रुपैयाँ धरौटी राखेर रिहा गरिएको हो। उनीसँगै उनका आइटी प्रमुख रियान थोर्पेलाई पनि रिहा गरिएको हो।
गत जुलाई १९ मा पक्राउ परेका कुन्द्रा र उनको समूहले यसअघि जमानतको लागि दिएको निवेदन खारेज गरेको थियो।
मुम्बई पुलिसले कुन्द्रामाथि २०२० र त्यसअघि दायर भएका मुद्दाको आधारमा कारबाही अघि सारेको थियो।
उनीमाथि अभिनेत्री शर्लिन चोपडादेखि पुनम पाण्डेसम्मले गम्भीर आरोप लगाएका थिए।