मंसिर १६, २०८२ मंगलबार

गाईघाट (उदयपुर), १६ मङ्सिरः त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ । आठ कट्ठा जग्गामा रु १२ करोड १३ लाख १० हजारको लागतमा भवन निर्माण  भएको हो । 

नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा सोमबार  उद्घाटन गरेसँगै नयाँ भवनबाट सेवा प्रारम्भ भएको छ । पचास प्रतिशत अनुदान र ५० प्रतिशत आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख बस्नेतले बताउनुभयो ।