काठमाडौ, १७ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच खेल सुरु हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गर्दैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेर एक खेलअगावै प्लेअफमा पुग्ने विराटनगरको लक्ष्य हुनेछ ।
यस्तै रोहितकुमार पौडेलले नेतृत्वमा रहेको लुम्बिनीले पाँच खेलबाट चार अङ्क जोडेको छ । प्लेअफको समभावना जीवितै राख्न लुम्बिनीलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ ।