मंसिर १७, २०८२ बुधबार

जेरुसेलम, १७ मङ्सिर  : इजरायलले गाजाबाट इजिप्ट जाने राफाह सिमा नाका खोली गाजाका बासिन्दाहरूलाई प्यालेस्टिनी क्षेत्रबाट बाहिर निस्कन अनुमति दिने बुधबार बताएको छ ।  

“युद्धविराम सम्झौता अनुसार आगामी दिनमा गाजा पट्टीबाट इजिप्ट जाने बासिन्दाहरूका लागि राफाह सिमा नाका खोलि प्यालेस्टिनी क्षेत्रहरूमा नागरिकको निरीक्षण गर्ने इजरायली रक्षा मन्त्रालयको निकाय “कोगाट” ले विज्ञप्ति मार्फत जनाएको छ ।
   
कोगाटले सिमा ईयूको सीमा सहायता मिसनको सुपरिवेक्षणमा सञ्चालन हुने जनाएको छ । यस अघि पनि “जनवरी २०२५ मा यो सिमा छ हप्ताको युद्धविरामको समयमा छोटो समयका लागि खोलिएको थियो । 

दुई युरोपेली कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले यस अघि अक्टोबर–१४ मा पैदल यात्रीहरूका लागि सिमा खोल्ने तयारी गरिरहेको जनाएको छ । 

राफाह सिमा पुनः खोल्नु प्यालेस्टिनी क्षेत्रका लागि युद्धविराम तथा शान्ति योजनाको एक हिस्सा हो जुन संयुक्त राष्ट्रका एजेन्सीहरू र अन्य मानवीय अभियानताहरुले लामो समय देखि माग गर्दै आएका छन् ।

इजरायली सेनाले सन् २०२४ मे महिनामा सिमाको प्यालेस्टिनी पक्षको क्षेत्र नियन्त्रण लिएको थियो, यसलाई हतियार तस्करीको शङ्काका साथ “आतङ्कवादी उद्देश्यका लागि प्रयोग“ भइरहेको दाबी गरेको थियो ।
यस अघि इजरायल र हमास बीचको युद्धविरामको समयमा पनि यो सिमा नाका केही समयका लागि खोलिएको थियो । 

राफाह सिमा मानवतावादी कामदारहरू र सहायता, खाना र इन्धन ढुवानीका लागि मुख्य प्रवेश बिन्दु हो भने लामो समय देखि, गाजाका प्यालेस्टिनीहरूका लागि मुख्य निकास बिन्दु थियो ।