मंसिर १९, २०८२ शुक्रबार

काठमाडौँ, १९ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत  मायदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ । 
    
    आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने सन्दर्भका विविध पक्षमा छलफल गर्नका लागि शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो । 
    
    सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सराहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहो¥याउनुभयो ।
    
    प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग–सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो ।