मंसिर २०, २०८२ शनिबार

काठमाडौँ, २० मङ्सिरः नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । 
    
    आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् । त्यसैगरी, महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भएका छन् ।    

कर्पोरेटतर्फ पुरुष पाँच किलोमिटरमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशीलकुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । कर्पोरेटतर्फको सोही उमेर समूह र दूरीको दौडमा  महिला पाँच किलोमिटरमा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।  

    यसैगरी, भेट्रान्सतर्फ पुरुष पाँच किलोमिटरमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भेट्रान्सतर्फ महिला पाँच किलोमिटरमा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् ।