मंसिर २०, २०८२ शनिबार

काठमाडौँ, २० मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्स सामू जीतका लागि १२१ रनको सामान्य लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय  अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो ।

    उसका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए । 

    पोखराका नञ्जय लक्षनले तीन विकेट लिए । 

प्लेअफबाट बाहिरिसकेका चितवन र पोखराका लागि आजको खेल प्रतिष्ठाको हुनेछ । दुवै टोलीसँग छ खेलबाट चार/चार अङ्क  छ । 

आजै भएको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेकोे थियो ।