मंसिर २८, २०८२ आइतबार

काठमाडौँ, २८ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजÞी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाउनुभएका प्रहरी सहायक हलवलदार अमृत गुरुङको परिवारसँग भेट गर्नुभएको छ । 

    गृहमन्त्री अर्यालले आज कास्कीको रुपा गाउँपालिका–५ पुगी गत भदौ २४ गते जेनजÞी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाउनुभएका प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटमा उहाँले गुरुङको परिवारका सदस्यलाई राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपुक्त प्रबन्धसमेत गर्ने आश्वासन दिनुभयो । 

    राज्यले गुरुङको परिवारलाई सबै तरिकाको भरिपूरण गर्ने प्रतिबद्धता व्यक्त मन्त्री अर्यालले उहाँप्रति गहिरो शोक प्रकट गर्नुभयो । साथै उहाँले परिवाजनप्रति संवेदना प्रकट गर्नुभयो । भेटका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।