पुस १, २०८२ मंगलबार

काठमाडौँ, १ पुसः युक्रेनका फिल्म निर्माता पोलिना पिड्दुब्नाले काठमाडौँमा दुई दिने स्पटमोसन एनिमेसन कार्यशाला आयोजना गर्नुहुने भएको छ ।

    एनिमेसन भिडियोहरु बनाउने र सोमार्फत मानव संवेदनालाई उजागर गर्ने हेतुले कार्यशाला गर्न लागिएको आयोजकले जनाएको छ । कार्यशाला यही पुष १२ र १३ गते जोरपाटीस्थित तारागाउँ म्युजियममा हुनेछ । सहभागीहरूको सिर्जनासँगै कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको पोलिनाको फिल्म ‘मेरी हजुरआमा एक स्काइडाइभर’ पनि प्रदर्शन गरिने जनाइएको छ ।
 
    बर्लिनमा बस्दै आउनुभएकी युक्रेनी मुलकी फिल्म निर्माता तथा कलाकार पोलिनाले एनिमेसनमा स्नातक गर्नुभएको छ । उहाँ हाल पोट्सड्यामको फिल्म युनिभर्सिटी बेबल्सवर्ग कोनराड वल्फमा एनिमेसन निर्देशकको रूपमा कार्यरत हुनुहुन्छ । कार्यशालामा सिकाइएका एनिमेसन सहभागीले यही पुस १९ गते प्रर्दशन गर्ने समेत जनाइएको छ ।  
---